Pages

Translate

NEWS

बरुवा गाविस जिल्लाको मध्य भागमा पर्दछ । जिल्ला सदरमुकामबाट ४ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १८ वर्ग किलोमिटर छ । यस गाविको पूर्वमा भोताङ गाविस, थाम्पालकोट गाविस, थाम्पालधाम गाविस, पश्चिममा हेलम्बु गाविस, किउल गाविस, उत्तरमा तिब्बत र दक्षिणमा बाँखर्क गाविस पर्दछ । 
पाल्चोक थुम अन्तर्गत पर्ने यस गाविमा चिसो हावापानी पाइन्छ । यस गाविसमा तामाङ जातिहरुको बाक्लो बस्ती छ । बरुवाका मानिसहरु कृषिका साथसाथै अन्य नोकरीमा पनि संलग्न छन् । जिल्लाकै सर्वोच्च भन्ज्याङ् गाङ्जाला भन्ज्याङ यस गाविसमा पर्दछ । गाङ्जाला भन्ज्याङ पदयात्राका लागि उपयुक्त स्थलमा पर्दछ ।
उर्जा उत्पादनमा यस गाविसमा छहरेखोला लघु जलविद्यतु परियोजनाको निर्माण गरिएको छ । यस गाविसमा अमिलो पानीको खानी पनि छ । निर्वाचन क्षेत्र नम्बर 3 अन्तर्ग पर्ने यस गाविसको वि.सं. २०५८ सालमा साक्षरता दर १८ थियो । सोही वर्षको जनगणनामा यस गाविसमा कुल ५४४ घरपरिवार मध्ये कुल जनसंख्या २३८६ थियो
 

अब एक क्लिकमै विदेशी सहयोग थाहा हुने


 काठमाडौं । वैदेशिक सहायता पारदर्शी नभएको गुनासो बढिरहेको समयमा अर्थ मन्त्रालयले कसले दिएको कति सहयोग कहाँ उपयोग भएको छ भनेर सर्वसाधारणले थाहा पाउन सक्ने प्रणाली लागू गरेको छ । portal.mof.gov.np लग अन गरेर सर्वसाधारणले यो जानकारी लिन सक्छन् । एक वर्षदेखि सरकार र दाताको मात्र पहुँचमा रहेको यो सूचना प्रणाली शुक्रबारबाट सबैको पहुँचमा पुगेको छ ।उक्त वेभसाइटमा दाताहरुले नेपाललाई दिएको ऋण, अनुदान र अन्य सहयोग इन्ट्री गरेपछि सबैले हेर्न सक्छन् । यो प्रणालीले सरकार र दाता दुवैलाई पारदर्शी बनाउने अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखा सहसचिव मधुकुमार मरासनीले बताउनुभयो । दाताहरुले इन्ट्री गरेको सूचना अर्थ मन्त्रालयले भेरिफाइ गरेर प्रकाशन गर्ने पद्दति निर्माण गरिएको जानकारी उहाँले दिनुभयो ।यो वेभसाइटमा दाताले उपलब्ध गराएको सूचना मात्र उपलब्ध रहने हुँदा सबै सहयोग रकम जानकारी हुने निश्चित भने गर्न सकिंदैन । चीनले अहिलेसम्म सरकारको यो प्रणालीमा सूचना इन्ट्री गर्ने गरेको छैन । चीनले आफू दाता नभई मित्र भएको नाताले सहयोग गरेको हुनाले सार्वजनिक गर्न आवश्यक नभएको तर्क गर्ने गरेको छ । भारतले पनि धेरै सहयोग जानकारी गराउँदैन ।अमेरिकाले प्रायः बजेट बाहिरबाट सहयोग गरे पनि यो प्रणालीमा सूचना उपलब्ध गराउने गरेको छ । क्रमशः सबै दातालाई सूचना सार्वजनिक गर्न दबाब पर्ने सहसचिव मरासिनीले बताउनुभयो । ‘अहिले नै सबै सूचना पाउन सकिन्छ भनेर उत्साहित हुन सकिन्न’, उहाँले भन्नुभयो, ‘तर क्रमशः सबै दाता र मित्रराष्ट्र यो प्रणालीमा प्रवेश गर्नेछन् भन्ने हाम्रो विश्वास छ ।’यो प्रणालीअनुसार कुनै जिल्ला विशेषमा कुन कुन दाताबाट बजेटमार्फत र सोझै के कति ऋण तथा अनुदान प्राप्त भएको छ भन्ने सबैले थाहा पाउन सक्छन् । एउटै परियोजनामा धेरै दाताबाट सहयोग लिने तथा कागजी प्रक्रियामात्र पुर्‍याएर सहयोग लिने प्रवृत्तिलाई यो प्रणालीले निरुत्साहन गर्नेछ । साथै दाताहरुले अन्य दाताबाट नेपालमा के कस्तो सहयोग भइरहेको छ भन्ने सूचना हेरेर आफ्नो निर्णय लिन पनि यसले सहयोग पुर्‍याउने छ ।


गाडी दुर्घटना परि मृत्यु हुनेको संस्ख्या १४ पुगेछ


सिन्धुपाल्चोकको थाङपालकोटमा आज विहान भएको बस दुर्घटनामा चौध जनाको ज्यान गएको छ । सिन्धुपाल्चोकको भोताङबाट काठमान्डौं आउदै गरेको बा २ ख छत्तीस पैतालीस नम्बरको यात्रुबाहक बस थाङपालकोटको सल्लेडाँडामा दुर्घटनामा पर्दा घटनास्थलमै बाह्र र अस्पताल लैजाँदै गर्दा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा थाङपालकोट–३ का रणबहादुर पण्डित, सविना पण्डित, मित्र सापकोटा र गिता देवी वस्नेत, थाङपालकोट–६ का धमे तामाङ, भोताङ २ का सिनेन लामा, भोताङ ३ का वुदे तामाङ, भोताङ ८ का शेरबहादुर तामाङ, गुन्सा ९ का छोटे वोम्जन, वरुवा १ का छिरिङ तामाङ र मेन्दो तामाङ रहेका छन् । अन्य तीन जनाको भने सनाखत हुन बाँकी छ । घटनामा दुई दर्जनबढी घाइते भएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएकाहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । घाइतेहरुको राजधानीका बिएण्डबी, टिचिङ, वीर र अल्का अस्पतालमा उपचार भैरहेको छ । तर बस दुर्घटनामा परेर स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेकी वालिका अञ्जु तामाङ भुलवस स्वास्थ्य चौकीमै छुटेको स्थानीयबासीले जानकारी दिएका छन् । वालिकाको अवस्था गम्भीर रहेको बताइएको छ । बसमा क्षमता भन्दा बढी यात्रु रहेको र बाटो कच्चि रहेका कारण दुर्घटना भएको हुन सक्ने स्थानीय बासी र घाइतेले बताएका छन् । बस सडकबाट २ सय मिटर तल खसेको छ ।


चुनावमा सुरक्षा दिन सक्ला त प्रहरीले ?

असार ७ । मंसिर ४ गतेका लागि सरकारले संविधानसभाको दोस्रो निर्वाचनको मिति घोषणा गरेसँगै यसको विरोध र समर्थन दुवै उत्तिनै छ । पश्चिमा देशहरुसहित एमाओवादी, कांग्रेस, एमालेले यसको स्वागत गरेका छन् । नेकपा माओवादी नेतृत्वको ३३ दलिय गठबन्धन, अशोक राईको समाजवादी पार्टी तथा उपेन्द्र यादवको मोर्चा समेतले भने यसको विरोध गर्दै आएका छन् ।पक्षमा रहेका दलहरुले जसरी पनि निर्वाचन गराउनु पर्ने पक्षमा वकालत गर्दै आएका छन् भने विपक्षी दलहरुले आफूहरु पनिहातमा दही जमाएर नबस्ने भन्दै चुनाव गराएर देखाउन चुनौती दिँदै आएका छन् ।यस्तै अवस्थामा नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको नेपाल प्रहरीले भने धाँधलीरहित र शान्तिपूर्ण हुनेमा ढुक्क हुन भनेको छ ।
प्रहरी प्रधान कार्यालयका नव नियुक्र प्रवक्ता नवराज शिलवालले शान्तिपूर्ण वातावरणमा चूनाव सम्पन्न गराउने र त्यसका लागि प्रहरीले आवश्यक तयारी समेत गरेको बताएका छन् ।

प्रहरी प्रधान कार्यालयद्धारा बिहिबार आयोजित पत्रकार भेटघाट कार्याक्रममा नवनिर्वाचित प्रवक्ता शिलवालले दलहरुबीच आपसी सहमति अन्तिम चरणमा पुगेको भन्दै चुनाव शान्तिपूर्ण बातावरणमा सम्पन्न हुने आश्वासन समेत दिए । प्रवक्ता शिलवालले भने “ नेपाल प्रहरी चुनावप्रति प्रतिबद्ध छ, हाम्रो तयारी पनि छ । ” उनले चुनावलाई धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा ब्यवस्थित ढङ्गबाट सम्पन्न गर्नका लागि प्रहरीले केन्द्रिय र क्षेत्रिय समूहहरुसमेत निर्माण गरेको बताए ।

प्रवक्ता शिलवालका अनुसार प्रहरी प्रधान कार्यालयले चुनावलाई नै मध्यनजर गर्दै १ सय ३८ जना प्रहरी महानीरीक्षक र ६ हजार १०० जना प्रहरी जवानको नयाँ भर्नाका लागि दरबन्दी समेत खुलाएको छ । ६ हजार दुई सय आठ जना नयाँ सहत प्रहरीमा जम्मा दरबन्दी सङ्ख्या ६७ हजार १ सय ८१ पुग्नेछ । जसमा न्यायपालिका तर्फका १ हजार सात सय १४ जना र पर्यटन तर्फ १ सय ८९ जना प्रहरी रहेका छन् । नयाँ दरबन्दी थप गरीएपछि ८० प्रतिशत अर्थात् ५३ हजार प्रहरीलाई चुनावमा खटाइने भएको छ ।

सुरक्षा दिन सक्ला त प्रहरीले !

नवनियुक्त प्रहरी प्रवक्ता सिलवालले भने जस्तै चुनाव शान्तिपूर्ण र भयरहित हुन्छ भनेर पत्याई जाने अवस्था भने छैन । एकातिर राजनीतिक दलहरुबीच नै निक्कै ठूलो विमति रहेको छ । यस्तो अवस्थामा नेकपा माओवादी नेतृत्वको ३३ दलिय गठबन्धन, अशोक राईको समाजवादी पार्टी तथा उपेन्द्र यादवको मोर्चा सम्मिलित नहुने हो भने कुनै पनि अवस्थामा निर्वाचन हुन्छ भनेर सोच्न सकिदैन । अझ अन्य दलहरुले यी दलहरुलाई वेवास्ता गरेर अगाडी बढ्न चाहे भने देश झडपतिर उन्मुख हुनेछ । त्यसमा कति ठाउँमा उच्छृंखल क्रियाकलाप हुने निश्चित छ । यस्तो अवस्थामा प्रहरीले स्थिति सहजै नियन्त्रण लिन निक्कै हम्मे हम्मे पर्ने छ ।

यता, बहिगर्मित पूर्व जनमुक्ति सेना, तथा विभिन्न युवा संगठनहरुले समेत चुनाव हुन नदिने घोषणा गरेका छन् । यहाँ अझ खतरनाक कुरा के छ भने पूर्व बहिगर्मित जनमुक्ति सेनाको संख्या हजारौँ रहेको छ । उनीहरु सबैलाई बम बारुद आफैँ बनाउन सक्ने सम्मका छन् । यदि उनीहरुले चाहे भने जहाँ जतिबेला पनि हिंसात्मक घटना घट्न सक्ने छ । कतिपयसँग पुराना रिसइबी तथा राज्यले केही नगरेको आक्रोश पनि हुन सक्ला । त्यो उनीहरुले पोख्न सक्ने खतरा पनि छ । यो प्रहरीको लागि अझ ठूलो चुनौती हो ।

एमाओवादी फुटेर दुई भागमा विभाजित बनेपछि त्यसमा पनि ठूला ठूला असन्तुष्टिहरु बाँकी रहन सक्छन् । कतिमा जनयुद्धकको डोब नै अझै बाँकी रहन सक्छ । त्यो बदला पनि निर्वाचनकै मौका छोपेर नबढ्लान भन्न सकिदैन । चुनाव हुने निश्चित भयो, ल चुनाव नै भयो तर हुँदा हुँदै त्यहाँ कुनै घटना घट्यो भने जिम्मा कसैले पनि लिन सक्ने अवस्था छैन ।

यो विषयमा तपाईको धारणा राख्नुहोस्



विद्यालयस्तरीय विशेष खेलकुद सम्पन्न  दुई स्वर्ण

७ असार, काठमाडौं । लेबोरेटरी उमावि, कीर्तिपुरका श्यामलाल ढुंगानाले १८ औं विद्यालयस्तरीय राष्ट्रिय विशेष खेलकुद प्रतियोगिताको अन्तिम दिन शुक्रबार दुई स्वर्ण जितेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा श्यामले १४ वर्षमुनि आंशिक दृष्टिविहीनतर्फ छात्र लङजम्प र सटपुटमा स्वर्ण जिते । लङजम्पमा आदर्श उमावि, भक्तपुरका सुशील थापा मगर दोश्रो र नारायणी उमावि, चितवनका सिद्धान्त न्यौपाने तेश्रो भए । सटपुटमा अमरसिंह उमाविका जीवन गुरुङ दोश्रो र नारायणीका सिद्धान्त न्यौपाने तेश्रो भए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको सुस्त श्रवणतर्फ छात्राको ४ सय मिटर दौडमा सिर्जना उमावि, पोखराकी रमाकुमारी आचार्य पहिलो, केन्द्रीय बहिरा उमावि, काठमाडौंकी रिंकीकुमारी महतो दोश्रो र सिर्जनाकी डासीमाया खनाल तेश्रो भए । पूर्णदृष्टिविहीनको छात्रा लङजम्पमा शिखर उमावि, सुर्खेतकी धना दर्लामी प्रथम, अमरसिंहकी रिता थापा दोश्रो र नेराउकी रुपमती राय तेश्रो बने ।
बहिराको ४ सय मिटर दौड छात्रमा बहिरा बालक उमावि, भैरहवाका दयानारायण चौधरीले स्वर्ण, केन्द्रीय विद्यालयका अजय कर्णले रजत र काभ्रे बहिरा विद्यालय, बनेपाका गोविन्द प्रधानले कांस्य हात पारे । आंशिक दृष्टिविहीनको छात्रा लङजम्पमा मंगलप्रसाद उमावि, बाँकेकी साना चौधरी पहिलो, पञ्चोदय उमाविकी सुनिता चौधरी दोश्रो तथा अमरसिंहकी हिता गुरुङ तेश्रो भए ।
पूर्णदृष्टिविहीनको छात्र सटपुटमा अमरसिंहका आशिष खड्गी पहिलो, पूर्वाञ्चल ज्ञान चक्षुका अमरदीप राई दोश्रो र पूर्वाञ्चलकै उमेश धिमाल तेश्रो स्थानमा रहे । दुईदिने प्रतियोगिताअन्तर्गत दृष्टिविहीनमा ९३, शारीरिक अपाङ्गमा १ सय ७ र बहिरातर्फ १ सय २ गरी कूल ३ सय २ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक समितिका सदस्य एवं जनसम्पर्क अधिकृत मीनकुमार शर्माले जनाएका छन् ।




भैरहवा, जेष्ठ २४ - चौथो राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगितामा बिहीबार काठमाडौंले कास्की बहिरा टिमलाई पराजित गर्दै फाइनल प्रवेश सम्भावना बलियो बनाएको छ । काठमाडौंले कास्कीलाई १९ रनले पराजित गर्‍यो ।  
सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय १३ रनको योगफल तयार गरेको थियो । कृष्ण धामीले ५४ बलमा ३ चौका मदतले ३९ रन बनाए । सांगे लामाले १५ तथा आर्य कुमार सिंहले १४ रन बनाए । बलिङमा कास्कीका शेरविक्रम शाहीले ४, कृष्ण क्षेत्रीले ३ र रोशन क्षेत्रीले १ विकेट लिएका थिए ।
जवाफमा १ सय १४ रनको लक्ष्य पछ्याएको कास्की १८ ओभर १ बलमा सबै विकेट गुमाई ९४ रनमा सीमित भयो । कास्कीका रञ्जितकुमार दासले १९ रन बनाए । बलिङमा काठमाडांैका आर्यकुमार सिंहले ३, सिद्धार्थ तामाङ र सांगे लामाले २-२ विकेट लिए ।  समूह 'ए' मा रहेको काठमाडांैको एक खेलबाट ३ अंक छ । कास्कीको २ खेलमा १ जित र १ हारसहित ३ अंक छ । काठमाडांैले अर्को खेलमा धरानसँग प्रतिस्पर्धा गर्नेछ । धरानलाई पराजित गरेमा काठमाडौं विजेताका रूपमा फाइनल प्रवेश गर्नेछ ।


No comments:

Post a Comment